सयौँ अवचेतन मनहरु
बरालिरहेछ आज
हजारो मस्तिष्कहरु
दास बनिरहेछ आज
भुमिगत छन्
सबै सत्पुरुषहरु
लाखौँ नारीका अस्मिता
जोखिममै बाँचिरहेछ आज
सिंहासनको लोभ
भोग, विलास र सन्तुष्टिको तिम्रो
निरन्तर खोजले
विधुवा नारीको हृदय
छट्पटिरहेछ आज
कैयौँ नाबालकहरू
बेसहारा बनिरहेछ आज
मेची काली रूदा
हिमाल हाँस्न सकिरहेको छैन आज
बनपाखामा खुलेर
डाँफे, मुनाल नाच्न सकिरहेको छैन आज
सत्ताको लिलामी र अखडाको
तिम्रो जक्सन धाउने बानीले
मुलुकले सास फेर्न
सकिरहेको छैन आज
नागरिकले म यो देशको हो
भन्न पाइरहेको छैन आज ।
दिक्तेल रूपाकोट मझुवागढी न.पा.–१३, खोटाङ ।

















