झापा । झापाको अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् ।
साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो ।

















