इटहरी । प्रेस चौतारी नेपालद्धारा इटहरीका आठ र धरानका दुईजना संक्रमित पत्रकारहरुलाई अक्सिमिटरसहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
चिकित्सकहरुले कोरोना संक्रमितले होम आइसोलेसनमा वस्दा अनिवार्य रुपमा अक्सिमिटरले अक्सिजन लेवल चेक गर्न सल्लाह दिइरहेका वेला संक्रमित पत्रकारहरुको घरमै पुगेर अक्सिजन लेवल चेक गर्दै अक्सिमिटर सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
चौतारीका केन्द्रिय उपाध्यक्ष लीलाराज भट्टराई, प्रदेश सदस्य हिमाल दाहाल र इटहरीका नगरसंयोजक त्रिलोचन पौडेलले इटहरीमा रहेका संक्रमित पत्रकारलाई स्वास्थ्य समाग्री प्रदान गर्दै पत्रकारहरुको स्वास्थ अवस्था वुझेका हुन् ।
चौतारिले धरानमा रहेका संक्रमित पत्रकारलाई पनि अक्सिमिटर प्रदान गर्दै स्वास्थ्य अवस्था वुझेको छ । चौतारीका प्रदेशसदस्यहरु सन्तोष काफले, उपेन्द्र चाम्लिड, नगर इन्र्चाज दामोदर गुरागाई संयोजक केदार वस्नेत र नेपाल पत्रकार महासंघ कतार शाखा सदस्य खेमराज सुवेदीले पत्रकारहरुलाई घरमै पुगेर स्वास्थ्य लाभको कामना गरे ।
यसअघि प्रेस चौतारी धरानले धरानका १०० जना पत्रकारलाई माक्स र सेनिटाइजर वितरण गरिसकेको छ । इनरुवा र दुहवीका पत्रकारलाई पनि वितरण गर्ने योजना रहेको प्रेस चौतारी सुनसरी संयोजक शेखर ढकालले जानकारी दिए ।
















