काठमाडौं। भारतमा कोरोना कहरकाबीच ‘ब्ल्याक फंगस’ तीब्र गतिमा देखा परेको छ । ‘ब्ल्याक फंगस’ तीब्र गतिमा देखा परेसँगै भारत सरकार थप चिन्तित बनेको छ ।
भारतको केन्द्र सरकारले ब्ल्याक फंगस नियन्त्रणका लागि सबै राज्य सरकारलाई सावधानी अपनाउन पत्राचार समेत गरेको छ ।
पछिल्लो समय ब्ल्याक फंगसका कारण भारतमा १ सय जना भन्दा बढीकोे मृत्यु भइसकेको छ जसमा ९० जना महाराष्ट्र राज्यका रहेका छन् । यस अघि हरियाणा राज्यमा १४ जना र मध्यप्रदेशमा १० जनाको ज्यान गईसकेको छ ।
भारतको राजस्थानमा १ सय बढी ब्ल्याक फंगसबाट प्रभावित भएका छन् । कोरोना संक्रमित र संक्रमणमुक्त भएकाहरुका देखा परेको ब्ल्याक फंगसले जो कोहीको मृत्य हुने गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यता भारतमा कोरोना भाइरस संक्रमणबाट ३ हजार ८ सय ७४ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार ७० जना नयाँ संक्रमित थपिएका छन् । भारतमा अहिले कोरोना संक्रमण दर भने घट्दै गइरहेको छ ।
अहिलेसम्म भारतमा २ करोड ५७ लाख जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड २३ लाख संक्रमण मुक्त भईसकेका छन् ।

















