इटहरी । प्रदेश १ मा विहीबार थप ६ सय ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, सङ्खुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४८ हजार ५४१ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३१ हजार ७९२ सङ्क्रमणमुक्त भएका छन् ।
विहीबार २१९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २१ पुगेको छ ।

















