झापा । झापाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको ज्यान गएको छ ।
कमल गाऊपालिका ४ सितापुरी चौक स्थित मोटरसाईकलले सोही स्थानका ६ बर्षीय बालक निश्चल खड्कालाई ठक्कर दिदा उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा ज्यान गएको भएको छ ।
त्यस्तै झापाको बिर्तामोड २ रामचौक स्थित पुर्व–पश्चिम राजमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा ९ का ३० बर्षीय सुमन थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

















