No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराट गोल्ड कप : भारतलाई हराउँदै विराटनगर सेमिफाइनलमा

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २९, २०७७
in खेल, समाचार, हेडलाइन
0
विराट गोल्ड कप : भारतलाई हराउँदै विराटनगर सेमिफाइनलमा
Share on FacebookShare on Twitter

रामधुनी । विराटनगरमा जारी छैठौंै विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–० गोल अन्तरले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाडौं र नेपाल प्रहरी काठमाडौंसँग बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
एक पक्षिय खेल पस्किएको विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरेका हुन् ।

खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सुनिलले डिबक्स भित्रदेखि गरेको प्रहारले जाली चुम्दा भारतका गोलरक्षक निजम सिंह प्रतिक्रियाविहीन रहे ।

घरेलु दर्शकको साथ पाएको विराटनगरले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो ।

खेलको पाँच मिनेटमै विराटनगरका प्रकाश बुढाथोकीको पासमा कप्तान दिपन राईले गोल गर्ने गतिलो अवसर गुमाए । दिपकले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो ।

यस्तै ९ औं मिनेटमा विराटनगरका सुनिल खड्काले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।

पहिलो हाफमा विराटनगरले भारतलाई दबाबमा राखेको थियो । तर थप गोल गर्न सकेन । पहिलो हाफसम्म १– ० गोलले अग्रता कायम गरेको विराटनगरले दोस्रो हाफदेखि भारतका खेलाडीले सुधारेको प्रर्दशन ग¥यो ।

खेलको ६८ मिनेटमा भारतका सौरभ तामाङ्गले बल रोक्दै प्रहार गर्नुपर्ने स्थितिमा सोझै प्रहार गर्दा फितलो हुन पुग्यो । ७० औं मिनेटमा भारतका सुरज राउतले पाएको अवसर विराटनगरका गोल रक्षक किशोर गिरी बाधक बने ।

सुरजले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन । पहिलो हाफमा १ गोलले पछि परेको भारतले दोस्रो हाफमा भने राम्रो खेल प्रदर्शन गर्न सकेन । ७५ औं मिनेटमा फ्रिकिकको अवसर पाए पनि भारतले सदुपयोग गर्नबाट चुक्यो ।

खेलको ८६ औं मिनटेमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले चाली चुम्यो । सन्तोष खड्काले निकालेको क्रस पासलाई प्रकाशले किलियर गरेका हुन् ।

सुनिलले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै सुनिलले खेलको ८८ औं मिनेटमा गोल गरे । उनले गरेको गोल टिमको जितको लागि निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच विराटनगरका दुई गोल गर्ने सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।
विराटनगरका प्रशिक्षक सन्जिव बुढाथोकीले पहिलो हाफमा खेडालीहरूले सोचेजस्तो प्रर्दशन नगरेपनि दोस्रो हाफदेखि राम्रो खेल्दा नतिजा आफनो पक्षमा आएको बताए ।

सेमिफाइनल खेलमा रणनीति परिवर्तन गरि खेल प्रर्दशन गर्ने उनले बताए । ‘सेमिफाइनलमा राम्रो टिम सँग प्रतिस्पर्धा हुदैछ,’ उनले भने, ‘केही खेलाडी र फरवार्ड परिवर्तन गर्ने योजना बनाएको छु ।’ यता भारतका प्रशिक्षक अनिमेश तामाङ्गले पाएको थुप्रै अवसरहरु खेलाडीले खेर फाल्दा हार भएको बताए ।

आइतबारको दोस्रो क्वाटरफाइनल खेल मछिन्द्र क्लब काठमाण्डौ र भारतको पंजाव पुलिस बिच प्रतिस्पर्धा हुनेछ । भारतको पंजावले शनिबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

ShareTweetPin
Previous Post

मेची महाकाली बुहारीले निसहाय बालबालिका सेवा आश्रमलाई दिए खाद्यान्न र स्टेसनरी

Next Post

रामधुनीमै रमाउन रास..

Next Post
रामधुनीमै रमाउन रास..

रामधुनीमै रमाउन रास..

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.