रामधुनी । सुनसरीको रामधुनीमा संचालित राइजीङ स्टार बोर्डीङ स्कुलमा ‘राइजीङ स्टार डान्सीङ च्याम्प’ सम्पन्न भएको छ ।स्कुलमा रहेका विद्यार्थीहरुलाई लक्षीत गरि आयोजना भएको च्याम्पमा सुवना राई प्रथम भएकी छिन् ।
प्रथम भएकी उनलाई स्कुलमा १५ हजार बराबरको स्कलरसिप प्रदान गरिएको छ । यसैगरी दोश्रो तथा तेश्रो क्रमसः रस्मि राई र निमिता बिक भए ।
उनिहरुलाई क्रमसः १० हजार र ५ हजार बराबरको सकलरसिप प्रदान गरिएको कार्यक्रमका संयोजक सिवकुमार राईले जानकारी दिए ।
कार्यक्रममा डान्सको संयोजक बसन्त बस्नेतले गरेका थिए । भने, डान्सको मुल्याङकन रेस्मा बान्तावा राईले गरेकी थिइन् ।