इटहरी । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीभित्रै संघर्ष गर्ने निर्णयसहित नेकपा एमालेमै फर्किएको माधकुमार नेपाल पक्षले अन्ततः ओलीसँग सँगै बस्ने स्थिति लगभग समाप्त भएको निष्कर्ष निकालेको छ ।
आफूलाई अलग्याएर पार्टी विधान विपरीत ओली पक्षले माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने, आफू इतरका विभागीय प्रमुखलाई हटाएर नयाँलाई जिम्मेवारी दिने लगायत निर्णयहरु गरेपछि ओलीसँग मिल्ने सम्भावना लगभग समाप्त भएको निष्कर्ष यो पक्षको छ ।
नेपाल पक्षले अब ओलीसँग रहन आफ्ना सर्त कार्यान्वयन हुनुपर्ने अडान अघि सार्ने भएको छ । गत शुक्रबार ओलीपक्षबाट भएका निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको पहिलो सर्त छ ।
तर, केपी ओली समुह माधव नेपालको सर्त मन्ने मस्थितिमा छैन् । उसले बरु बैठकमा सहभागी नभए कारवाही गर्ने सम्मको चेतावनी दिदै आएको छ । एस्तो अबस्थामा राजनितिक विस्लेसक पनि एमाले पार्टी फुट्ने दावी गर्छन् ।
विस्लेसक टिका पराजुलीले व्यक्तिको स्वार्थ र दम्भका कारण अहिलेको परिस्थिति आएको बताए । उनले नेताहरुका गतिविधिले जनतामा निरासा छाएको पनि उल्लेख गरेका छन् ।