No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गोविन्दचन्द क्षेत्रीलाई मेती, गीताकुमारीलाई केटो पुरस्कार

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २७, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
गोविन्दचन्द क्षेत्रीलाई मेती, गीताकुमारीलाई केटो पुरस्कार
Share on FacebookShare on Twitter

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द छेत्रीलाई प्रदान गरिने भएको छ ।

त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ । बिहीवार पुरस्कार छनौट समितिको वैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः ५१ हजार र १५ हजार रुपैयाँ रहेको छ । महासंघले हरेक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।

महासंघ झापाका अध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक तारामणि सापकोटाको अध्यक्षतामा छनौट समितिका सदस्यहरु महासंघका उपाध्यक्ष एकराज गिरी र भीमा शिवाकोटी, सचिव सन्तोष आचार्य र कार्य समिति सदस्य रञ्जित प्रसाईको उपस्थितिमा भएको बैठकले पुरस्कृत व्यक्तित्व छनौट गरेको हो ।

७७ वर्षको उमेरमा पनि छेत्री हाल दि हिमालयन टाइम्स अंग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् । ५२ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादकसमेत हुन् ।

केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागिकी ढुंगाना दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा आवद्ध छन् । उनी एक दशकदेखि पत्रकारितामा क्रियाशील छिन् । उक्त पुरस्कार फागुन २९ गते शनिवार बिर्तामोडको रामचोकस्थित देवी पाटी प्यालेसमा आयोजना हुने समारोहका बीच वितरण गरिने बताइएको छ ।

कार्यक्रम नेपाल पत्रका महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको विशेष आतिथ्यमा हुने बताइएको छ । पत्रकार महासंघ झापाले नेपालका पहिलो पत्रकारका रुपमा सम्मानित मोतिराम भट्टको स्मृतिमा मोति पत्रकारिता पुरस्कार र मेची अञ्चलकै पहिलो पत्रिका श्यामकृष्ण उपाध्याय सम्पादक तथा प्रकाशक रहेको ‘केटो’मासिकको नामबाट केटो पत्रकारिता पुरस्कार स्थाना गरेको हो ।

 

ShareTweetPin
Previous Post

धर्मेन्द्र झा र मोहनकाजीलाई सूचनाको अधिकार पुरस्कार

Next Post

कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ

Next Post
कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ

कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.