कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ

मोरङ । मोरङ विराटनगर-११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको ईनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ ।

उनले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी विक्री बितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.