ए मेरो हजुर ४ मिति तय

काठमाडौं । फिल्म ए मेरो हजुर ४ को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । तीज पर्वलाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति भदौ १८ लाई तोकिएको हो ।

यो मितिमा अहिलेसम्म अन्य फिल्मले प्रदर्शनको लागि डेट तोकेका छैनन् । फिल्मको फस्टलुकमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापालाई मात्र देख्न सकिन्छ । सुहाना फिल्म प्रोडक्शनको ब्यानरमा सुनिल कुमार थापा प्रोडक्शनको प्रस्तुति रहेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको बाँकी २० दिनको छायांकन बुधबारबाट सुरु हुँदैछ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.