बिराटनगर ।कोरोना महामारीका कारण कयौं समय देखि शैक्षिक क्षेत्र मध्ये पठनपाठन स्थगित रहेको पुर्वान्चल विश्वविद्यालयले कोर्स पुर्ण नगरी परिक्षा तालिका सार्वजनिक गरेको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ।
विशेष गरि विज्ञान तथा प्राविधिक संकाय,ईन्जिनियर संकाय एवं अन्य संकायको पाठ्य क्रम अनुसार पुर्ण कोर्स नसक्किदै विश्वविद्यालयले गैरजिम्मेवारी पुर्ण तरिकाले तालिका सार्वजनिक गरेको अनेरास्ववियू केन्द्रिय सदस्य नवीन निरौलाले बताए।
यसै बिच विध्यार्थिलाई सहज वातावरण बनाई केही समय परिक्षा सार्नु पर्ने माग राख्दै २४ घन्टा भित्र परिक्षा नियन्त्रण कार्यलयले आधिकारिक धारणा दिनुपर्ने अन्यथा संगठनद्वारा विध्यार्थी हकहितका लागि जुनसुकै कदम चाल्न सकिने व्यहोरा अनेरास्ववियु पुर्वान्चल विश्वविध्यालय विशेष जिल्ला कमिटी अध्यक्ष विजय पाण्डेले बताए ।


















