रामधुनी । ‘महिलाको सुरक्षा समान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज देशभर १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सुनसरीको रामधुनीमा पनि विभिन्न वडा महिला संजालले कार्यक्रमको आयोजना गरेका छन् ।
रामधुनी नगरपालिका ६ वडा समितिले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले महिलाहरुले अझै पनि समाजमा समान अधिकार नपाएको बताएका छन् । महिला तथा किसोरीहरुले अहिले पनि समाजमा हेलाको वातावरणमा फस्नु परेको भुमिका खत्रीले बताइन् ।
‘हामी किसोरीहरु अझैपनि शिक्षाबाट बन्चित हुनुपर्ने अबस्था छ, उनले भनिन्, यो दिवसले महिलाहरुलाई हुने व्यवहारमा परिवर्तन गरोस् । रामधुनी नगरपालिका ६ मा आयोजित कार्यक्रममा भनिन् ।’दिवशको अबसरमा रामधुनी नगरपालिकाकी उपप्रममुख सबिनाकुमारी चौधरीले यो दिवस महिलाहरुको चाड जस्तै रहेको बताइन् । ‘नगरपालिकाले सबेलाई सबैलाई समान व्यवहार गर्छ, समाजमा भएका असमनाताई न्यूनीकरण गर्छ पनि, नगरपालिकाले यसका लागि विभिन्न योजनाका साथ काम गरिरहेको छ, उनले फलैचान्यूजसंग भनिन् ।’