No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

निरज र सन्तोषको “खुसी” बेच्ने कथा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १५, २०७७
in शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाइन
0
निरज र सन्तोषको “खुसी” बेच्ने कथा
Share on FacebookShare on Twitter

तपाईंले आज गरिरहेका दुख, संघर्ष, मेहनत र कठिन यात्रा । आखिर केको लागिरु सोच्नुस त१ खुसी हुनको लागि हैनरु धेरै धन कमाएर पनि जीवनभर खुसी हुन नसकेका मान्छेहरु भन्ने गर्छन्, “मिल्ने भए खुसी किनेर राख्ने थिए ।” जीवनमा थुप्रो पैसा कमाएका धनवान्, रुपवान, शक्तीवान, भोक, प्यास वा यौन प्राप्त गरेका सन्तुष्ट व्यक्ती, विश्वप्रसिद्वी कमाएका नामी र विद्वानहरू पनि खुसीको लागि भौतारिने गर्दछन् । तर याद गर्नुस१ मान्छे सानै कुरामा खुसी हुने गर्छ ।

पत्रकार विजयकुमार भन्छन्, “मान्छे जोसुकै होस्, जस्तोसुकै होस्, जुनसुकै पेशा, धर्म, लिङ्ग वा विचारधाराको किन नहोस्, उसले खोजेको मूल कुरा एउटै हो( खुसी ।” मान्छेले सबैभन्दा धेरै चाहाने कुरा के होरु खुसी । हो, यहीँबाट सुरू भयो( अफरिङ ह्याप्पीनेस ।

सुन्दा अनौठो लाग्न सक्छ, यहाँबाट ह्यप्पीनेस किन्न मिल्छ । अर्थात खुसी किन्न मिल्छ । कसैले तपाईंलाई ‘सरप्राइज’ उपहार दियोरु जन्मदिन, वार्षिकोत्सव वा कुनै अवसरमा सरप्राइज डिनर, डेट लैजाँदैछ भने तपाईंलाई कत्तिधेरै खुसी मिल्छरु त्यही खुसी बाड्ने काम ‘अफरिङ ह्याप्पिनेस’ ले गर्छ । यसले उपहार र सर्प्राइज प्याकेज डेलिभर गरेर यस्तै खुसी बाँड्छ । व्यक्तिबीच भावनात्मक दुरी घटाउने प्रयत्न गरिरहेको कम्पनीमार्फत् ग्राहकले उपहार, भ्रमण, डिनरदेखि विभिन्न सेवाका प्याकेज आफ्ना प्रियजनलाई दिन सक्छन् ।

यति अनौठो कामको सुरूवात गर्ने व्यक्ति हुन्, निरज काफ्ले र सन्तोष पान्डे । यद्यपि यस् कार्यको थालनी स्नातक पढिरहेका सात साथीको सहकार्यमा सुरू भएको हो । यो एक सेवामात्र हैन्, व्यावसाय पनि हो । व्यावसायिक हिसाबमा अघि बढ्दै जाँदा चार जना मात्र रहे । निरज र सन्तोषबाहेक अभिनाश चौधरी र दर्शन पराजुली कम्पनीका सह(संस्थापक हुन् । तर अहिले निरज र सन्तोषले सारा कामहरू सम्हालिरहेका छन् ।

निरजको पुर्खौली घर, बराहक्षेत्र( ६, सुनसरी । उनले कक्षा ५ सम्म यहि पढेका हुन् । २०६१ सालतिर काठमाडौं गएर कक्षा ९ सम्म पढेर एसएलसी इटहरीबाट दिए । भन्छन्, ‘एसएलसी दिँदासम्म पनि भविष्यमा के गर्ने भन्ने थिएन । पढाइभन्दा समाचार, समाज, राजनीतिमा बढी रूचि थियो ।झकाठमाडौंमा होटल व्यवस्थापन पढ्न भि।एस। निकेतन भर्ना भएपछि प्लस(टु सकेलगत्तै निरज आइइएलटिएस पढ्न थाले । जीवन जिउनका लागि अन्य थुप्रै कुराहरु अंगाल्न सकिन्थ्यो होला निरु निरज भन्छन्, आफ्नो लागि जीवन धेरैले जिएका छन् । अरुलाई हसाएर बाचेको जीवन पो जीवन, अरूलाई सेवा गरेर जिएको जीवन पो जीवन, र अरूलाई खुसी बाढेर बाचेको जीवन पो जीवन१ यसकै लागि हो, अफरिङ ह्याप्पीनेस ।

सन् २०१६, फेब्रुअरीबाट काम थालेको कम्पनीले सुरूमा भ्यालेन्टाइन्स(डे लक्षित प्याकेज र ग्राहकको रोजाइ अनुरूप सर्प्राइज गिफ्ट बक्स बनाएको थियो । केही महिनापछि अभिनाशले ‘रोमान्टिक डिनर डेट’ को आइडिया निकाले । निरज काफ्ले र सन्तोष पाण्डे टोलीले यसमा काम थाल्यो । छोटो समयमै ग्राहकले सोधपुछ गर्न थाले ।’त्यसपछि मान्छेलाई यस्ता कुराले आकर्षित गर्ने रहेछ भन्ने बुझ्यौं । यस्ता आइडियामा अझै काम गर्न सकिन्छ भन्ने भयो,’ सन्तोषले भने । सन्तोष विभिन्न सामाजिक कार्यक्रममा सहभागिता जनाउँदा उनी २०६९ सालमा ‘वी इन्स्पायर’ नामक संस्थासँग जोडिए । सन्तोष र निरजको पहिलो भेट यही संस्थामा भएको हो । निरज भिसा नमिलेर अस्ट्रेलिया जान नमिलेपछि स्नातक पढ्न थाले र उनी कलेजका विभिन्न कार्यक्रममा सहभागी हुन थाले । इन्सपायर संस्थामा हुँदै चिनजान भएका निरज र सन्तोषको कलेजमा घनिष्ठता बढ्यो । अफरिङ ह्याप्पिनेसका अरू दुई सह(संस्थापक अभिनाश र दर्शन पनि यहीँ भेटिएका हुन् ।

एकदिन निरजले आइडिया फुराए( विदेशमा रहेका नेपालीले आफ्नो परिवारलाई सर्प्राइज दिन सक्छन् कि१ तर के सर्प्राइजरु उनीहरूले कस्टमाइज गिफ्टमा काम थाले र अफरिङ ह्याप्पिनेस सुरू भयो । कम्पनीको काम गर्ने शैली र तरिका झन्डै चार महिना अध्ययन र परीक्षणबाट तयार भएको उनीहरू बताउँछन् ।सेवा थाल्ने भएपछि उनीहरूले कलेजनजिकै बालुवाटारमा सानो कोठा भाडा लिए । उपहारका लागि थाइल्यान्डबाट आवश्यक सामग्री पनि मगाए । यसरी थोरैथोरै व्यवसाय बढिरहेका बेला ‘डिनर डेट’ को आइडियाले धेरै ग्राहक आकर्षित गर्‍यो । अहिले कम्पनीले कस्टमाइज गिफ्टसँगै ‘एक्पिरियन्स गिफ्टिङ’मा बढी जोड दिएको छ । यो भनेको सगरमाथा आधार शिविर गएर प्रेम प्रस्ताव राख्नेदेखि सर्प्राइजमा आफ्ना प्रियजनलाई कुनै ठाउँमा लैजानेसम्म हुनसक्छ । ‘एक्पिरियन्स गिफ्टिङले पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास छ,’ निरज भन्छन्, ‘एभरेस्ट बेस क्याम्प पुगेर प्रस्ताव राख्ने, फेवाताल बीचमा डिनर डेटजस्तो अनुभव नेपालमा मात्रै सम्भव छ । त्यसैले पर्यटन विकासमा केही गर्ने दीर्घकालीन सोच छ ।’

अफरिङ ह्याप्पिनेसमा अहिले १२ जना सक्रिय छन् । दुई सय बढीलाई प्रत्यक्ष(अप्रत्यक्ष रोजगारी दिएको र बाटामा बेलुन बेच्नेदेखि पाँचतारे होटल(रेस्टुरेन्टसम्म गरी पाँच सय बढीसँग सहकार्य भइरहेको निरजले बताए ।लकडाउनमा पनि कम्पनीले भर्चुअल सर्प्राइज र सेलिब्रेसन सेवा दिएको थियो । हालसम्म एक लाख बढीलाई सेवा पुर्‍याइसकेको उनीहरू दाबी गर्छन् ।सन्तोष र निरजको आर्थिक स्थिरताबारे परिवारले भने अझै चिन्ता गरिरहन्छन् रे । निरजले गुनासो पोखे, ‘म के गर्छु भन्नेबारे परिवारका सबैले बुझिसक्नुभएको छैन । मान्छेको जन्मदिन मनाइदिने गर्छस् रे हो भन्दै सोध्नुहुन्छ ।’निरजले थपे, नेसनल जिओग्राफीमा फिचर भएपछि ऊर्जा थपिएको छ ।

हाल काठमाडौंमा मात्र दिँदै आएको सेवा देशभर विस्तार गर्ने योजना पनि बनाइरहेका छन् ।चार जनाले २०र२० हजार संकलन गरी जम्मा ८० हजार रूपैयाँमा काम थालेका उनीहरू व्यवसाय गर्न लगानीले नरोक्ने सिद्धान्तमा विश्वास राख्छन् । उनीहरुको एउटै सपना छ, ‘मान्छेहरूमा गिफ्ट भन्नेबित्तिकै अफरिङ ह्याप्पिनेस याद होस् ।’

तपाईंलाई के कुराले खुसी दिन्छरु यसको परिभाषा सबैको लागि एकै नहुनसक्छ । जस्तो कोहि कसैको सेवा गर्दा खुसी हुन्छन्, कोहि आफ्नो पेशामा सफलता प्राप्त गर्दा खुसी हुन्छन्, कोहि धेरै सम्पत्ति कमाउँदा, कोही आफूले माया गरेको मान्छेलाई प्राप्त गर्दा र धेरै आफूले चाहेको कुरा गर्न पाउँदा खुसी हुन्छन् । सोही खुसी प्राप्त गर्नका निम्ति सेवा दिने कम्पनी अफरिङ ह्याप्पिनेससँग फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिन्छ ।

ShareTweetPin
Previous Post

सेयर सदस्य संस्थाको गहना,सेवा दिने किसान कल्याण सहकरिको चाहना

Next Post

मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न

Next Post
मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न

मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.