इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था चतरा सद्स्य सेवाकेन्द्रले बराहक्षेत्र २ बयरबनमा फाल्गुन १४ गत्ते संस्थाका सचीव थिर बहादुर खड्काको प्रमुख उपस्थितिमा एक दिवसीय सदस्य शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
सुनसरीको इटहरी १६मा मुख्य कार्यालय रहेको सहकारीले आफ्ना सेयर सदस्यलाई सहकारीका बारेमा बित्तिय साक्षरता साथै संस्थाको सामाजिक दायित्वको बारेमा जानकारी गराउने उदेश्य अनुसार शिक्षा प्रदान गरेको सहकारीका बजार प्रर्वधन विभाग प्रमुख रमेश खतिवडाले जानकारी दिए ।
जसअनुसार सहकारीले आज शुक्रबार बराहक्षेत्र २ बिपि आधारभुत विद्यालयमा सदस्यहरुलाई प्रशिक्षण गराएको हो ।
सहकारीको बार्षीक कार्यतालिका अनुसार प्रशिक्षण कार्यक्रम संस्थाका ७ वटा सेवा केन्द्र र मुख्य कार्यालय सहित ८ वटै कार्यलयबाट यस्ता बितिय तथा सामाजिक कार्यहरू गराईरहेको खतिवडाले जानकारी दिए ।
सदस्यहरुलाई सहकारी सस्थाका संचालक समितिका सचिव थिर बहादुर खड्काले सस्थाको संक्षिप्त परिचय र सदस्यको भुमिकाको बारेमा जानकारी गराएका छन् भने, बजार प्रर्वधन विभाग प्रमुख रमेश खतिवडाले वितिय साक्षरता साथै बैंक र सहकारीको बारेमा प्रस्ट पारेका छन् ।
उक्त तालिममा संस्थाका सचीव थिर बहादुर खड्का र रमेश खतिवडाले सहजीकरण गरेको तालीममा ४५ जना संस्थाका कर्मचारी तथा सेयर सद्स्यहरुको सहभागीता रहेको थियोे ।