No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पूर्वपदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
पूर्वपदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता
Share on FacebookShare on Twitter
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ नागार्जुन सुरक्षा बेस र २ वटा पिकअप भ्यान तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका ५७ सुरक्षाकर्मी र एउटा अगुवा गाडी फर्काइयो

काठमाडाैं ।  सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्री सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

फिर्ता भएकामा प्रहरी र सशस्त्रबाट खटिएका अंगरक्षक, पछुवा सुरक्षा, निवास सुरक्षा, चालक र भान्से छन् ।सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवारका सदस्यको सुरक्षामा तैनाथ करिब ५० जना सुरक्षाकर्मी र २ वटा पिकअप भ्यान फिर्ता गरेको छ ।

पूर्वराजा र राजपरिवारका सदस्यको सुरक्षामा सशस्त्र प्रहरीका डीएसपी शिव राउतको कमान्डमा नागार्जुनमा ‘सशस्त्र प्रहरी नागार्जुन सुरक्षा बेस’ र निर्मल निवासमा राजेन्द्र गुरागाईंको कमान्डमा ‘क्लोज प्रोटेक्सन’ टिम खटिँदै आएको थियो । सशस्त्रले नागार्जुन बेस पूरै फिर्ता गरेको हो । दुईवटा भ्यान फिर्ता गरिएपछि ज्ञानेन्द्रको सुरक्षार्थ अब पछुवामा एउटा मात्रै पिकअप भ्यान रहनेछ ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा तैनाथ प्रहरीका २६ र सशस्त्रका ३१ सुरक्षाकर्मी तथा प्रहरीको एउटा अगुवा गाडी फिर्ता गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका ३ र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा तैनाथ १ जना सशस्त्र प्रहरी फिर्ता भएका छन् । पछिल्लो कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्र प्रहरीबाट पछुवा पिकअप भ्यान र १६ प्रहरी तथा अंगरक्षकका रूपमा २ जना नेपाल प्रहरी खटाइने उल्लेख छ । देउवा र नेपालको सुरक्षामा सशस्त्रका क्रमशः १९ र १७ जना सुरक्षाकर्मी खटिँदै आएका थिए । प्रहरीका अंगरक्षक भने यथावत् राखिएको छ ।

भीआईपी सुरक्षामा व्यापक कटौती

यसैगरी १० जना पूर्वगृहमन्त्रीको सुरक्षार्थ तैनाथ पछुवा गाडी र सशस्त्रका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । नेताको पहुँच, प्रभाव र भनसुन तथा मन्त्रिपरिषद्का पटके निर्णयबाट विभिन्न व्यक्तिका चालक र अंगरक्षकमा खटिएका सुरक्षाकर्मी फिर्ता हुने क्रममा रहेको दुवै सुरक्षा निकायले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार पूर्वगृहमन्त्रीहरू रामचन्द्र पौडेल, वामदेव गौतम, कमल थापा, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शक्ति बस्नेत, कृष्णबहादुर महरा, भीम रावल, गोपालमान श्रेष्ठ र पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको सुरक्षामा खटिएका पछुवा गाडीसहित सबै सशस्त्र प्रहरी फिर्ता गरिएका छन् ।पूर्वगृहमन्त्री जनार्दन शर्माको सुरक्षार्थ खटाइएका गाडी र सशस्त्र प्रहरी पनि फिर्ता हुने क्रममा रहेको सशस्त्रले जनाएको छ । अब पूर्वउपप्रधान र गृहमन्त्रीहरूलाई सुरक्षा थ्रेट मूल्यांकनका आधारमा नेपाल प्रहरीका जुनियर अधिकृत २ जनासम्म खटाइने भनिएको छ । मन्त्रिपरिषद्का विभिन्न पटके निर्णय, पहुँच र प्रभावका आधारमा पूर्वपदाधिकारीहरूले पछुवा गाडी सुविधा लिँदै आएका थिए ।

पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा कार्यविधिमा उल्लेखित १६ जनाभन्दा कम जनशक्ति खटिएका कारण फिर्ता गर्नु नपरेको गृह मन्त्रालयले जनाएको छ । केही पूर्वगृहमन्त्रीहरूले अर्को चालक नभेटिएसम्म अहिले कार्यरतलाई नै केही समयका लागि खटाइदिन आग्रह गरेको सुरक्षा स्रोतले जानकारी दियो ।

प्रतिनिधिसभा विघटनपछि गहिरिँदै गएको राजनीतिक संकट र सभा विघटनको पक्ष/विपक्षमा सडकमा देखिएका शक्ति प्रदर्शनले बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षा थ्रेट बढेको छ तर सरकारले यही बेला निवासदेखि अंगरक्षक र अगुवा–पछुवा सुरक्षामा खटिएका जनशक्ति कटौती गरेको हो । गृह मन्त्रालयका एक अधिकारीले पछिल्लो कार्यविधिअनुसार सुरक्षा थ्रेट मूल्यांकनका आधारमा जोखिम बहन गर्ने गरी जनशक्ति खटाइने बताए ।पूर्वगृहसचिव गोविन्द कुसुमले पूर्वपदाधिकारीलाई दिइँदै आएको सुरक्षामा कटौती गर्ने निर्णय सही भएको बताए । तर राजनीतिक संकट गहिरिँदै गएको अवस्थामा कथंकदाचित कुनै अप्रिय घटना घटेमा विपक्षीले यसैलाई कारण देखाएर प्रश्न गर्ने ठाउँ भने दिन नहुने उनको भनाइ छ । यसका लागि सुरक्षा बन्दोबस्ती र सतर्कता त्यहीअनुसार हुनुपर्ने उनले बताए ।

‘पूर्वविशिष्टको सुरक्षामा अहिले खटिँदै आएका जनशक्तिको दुरुपयोग भएको थियो, चाहिनेभन्दा बढी र पहुँच तथा प्रभावका आधारमा प्रहरी र सशस्त्र खटिएका थिए, कार्यविधि बनाएर पछिल्लोपटक जनशक्ति कटौती गर्ने निर्णय एकदम सही छ, अझै कटाउनुपर्छ,’ कुसुमले कान्तिपुरसँग भने, ‘तर अस्थिर राजनीतिक माहोल गहिरिँदै गएको छ, विपक्षीले पनि सरकारमाथि प्रश्न गरिरहेका छन्, यस्तो बेला कुनै अप्रिय घटना भइदियो भने सुरक्षाकर्मी कटौतीकै कारण हो भन्ने ठाउँ आउन नदिने प्रत्याभूति सरकारले गर्न सक्नुपर्छ ।’

सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वपदाधिकारी तथा अन्य व्यक्तिको सुरक्षाबाट फिर्ता भएका जनशक्ति तथा सवारीसाधनलाई सीमा सुरक्षामा परिचालन गर्ने भएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले पूर्वपदाधिकारीको सुरक्षाबाट फिर्ता भएका सवारीसाधन सीमा सुरक्षार्थ बोर्डर आउट पोस्ट (बीओपी) मा पठाइने जानकारी दिए । फिर्ता भएका जनशक्तिलाई आन्तरिक व्यवस्थापन मिलाएर थप हुने बीओपीमा खटाइने उनले बताए ।

सुरक्षा कटौती नगर्न गृहमा निवेदन

नागार्जुन दरबार र निर्मल निवास सुरक्षामा खटिएका ५० भन्दा बढी सशस्त्र प्रहरीको संख्या कटौती गरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहका तर्फबाट निर्णयमा पुनर्विचार गरिदिन गृह मन्त्रालयमा निवेदन परेको छ । पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिनाले पछिल्लो कार्यविधिअनुसार सुरक्षा व्यवस्थापनमा कठिनाइ र अपुग हुने भन्दै निर्णय पुनर्विचार गर्न बिहीबार गृहमा निवेदन दिएका हुन् । आजको कन्तिपूर दैनिकमा खवर छ ।

ShareTweetPin
Previous Post

व्यवारिसे शवलाई व्यवस्थापन गर्न मोरंगमा समिति गठन

Next Post

सिद्धबाबासँग मोहित भएर महिलाले शरीर समर्पण गरेको फैसला

Next Post
बलात्कारको आरोपतिग सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

सिद्धबाबासँग मोहित भएर महिलाले शरीर समर्पण गरेको फैसला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.