मोरङबाट १० लाख बढिको प्रतिबन्धित औषधी बरामद

मोरङ । मोरङ विराटनगर ५ न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ ।विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैया बराबरको औषधीहरु पेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साथै प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने कलर प्रिन्टर समेत फेला पारी वरामद गरेको छ ।

यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएर अनुसन्धान सुरु गरको प्रहरीले बताएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.