सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ मा रहेको राधेस्याम शेवा ट्रष्ट नयाँ बृन्दावन गौशालाले आफ्नो ११ औं बार्षिक साधरणसभा सम्पन्न गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरेर सस्थाले आफ्नो ११ औं साधरणसभा सम्पन्न गरेको हो ।
२०६५ सालमा स्थापना भएको सस्था अहिलेसम्म आइपुग्दा विभिन्न आरोह अबरोहका साथै आम नागरिकको साथबाट अगाडि बढ्दै गएको संस्थाका संस्थापक संरक्षक महाँमण्डलेस्वर दीनबन्धु शास्त्री महाराजले जानकारी दिए । सो समयमा २ लाख रकमबाट सुरु गरेको ट्रष्ट अहिले आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बन्दै गएको छ ।
कार्यक्रमका प्रमुख अथिती सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष चैत्यन्यप्रसाद सिटौलाले नगरको गौरवको योजना अनुसार यो क्षेत्रको विकाश गरिरहेको बताए । सुन्दहरैंचामा विभिन्न धार्मीक पर्यटकीय क्षेत्रको नगरले विकास गर्दै लगेको उनको भनाई छ ।
संस्थाले यसबर्ष सौचालय निर्माण, रसोई घर निर्माण, मन्दीर अगाडि ब्लक ओछ्याउने काम, पोखरी निर्माण, झोलुंगे पूल निर्माण लगायतका काम गरेको र आगामि दिनमा कम्पाउण्ड वाल, बृद्धाआश्रम, खोला तटबन्ध लगाएतका कार्य गरिने उल्लेख गरेको छ । जसमा नागरिक, विभिन्न सामाजिक संघसंस्था तथा सरकारको पनि सहभागिता रहको छ ।
वडा अध्यक्ष शिटौलाले धार्मिक पर्यटकीय क्षत्रको विकासका अन्य कामका लागि आफ्नो वडाको तर्फवाट १ लाख रकम सहयोग गर्ने बताए । उनले नगरपालिकाले पनि आवस्यक सहयोगका लागि कार्यपालिकामा छलफल गर्ने बताए । हाल सुन्दरहरैंचा नगरपालिकाको ८४ लाखको लागतमा विश्वकै अग्लो गाइको प्रतिमा निमार्ण भइरहेको छ । कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पूर्याउनेलाई सम्मान गरिएको छ ।

























