सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ७ का वडा अध्यक्ष चैत्यन्यप्रसाद सिटौलाले सुन्दरहरैंचामा गुरुकुल संचालनमा ल्याउने बताएका छन् ।
वडा ५ मा नयाँ राधेस्याम शेवा ट्रष्ट बृन्दावन गौशालाको ११ औं बार्षीक साधरण सभालाई सम्बोधन गर्दै सिटौलाले, आगामी नगरसभाबाट गुरुकुल शिक्षा संवन्धि विद्ययेक ल्याएर संचालन गर्ने बताएका छन् ।
‘गौशाला, शेशनारायण दीव्य धाम लगाएतमा गुरुकुल छन् । सानै कक्षादेखि नै पढाई हुनेगरि हामी कानून बनाएर संचालन गर्नेबारे छलफल गर्छौं उनले भने ।’
उनले ट्रष्टलाई आफ्नो वडाको तर्फबाट एक लाख सहयोग गर्ने बताएका छन् । अन्य वडाअध्यक्षहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।धार्मीक पर्यटकीय स्थलका रुपमा बिकाश हुँदै गरेको गौशालामा नागरिक, संधसस्था तथा सरकारकै उपस्थिमा विभिन्न भौतिक संरचना हरु निर्माण भइरहेको छ ।