इटहरी । इटहरी उपमहानगरले इटहरीका १० जना पत्रकारलाई फेलोशिप लेखनवृति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा १० जना पत्रकारलाई लेखनवृति वापतको रकम हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रमका विच प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृति प्रदान गरे । १० जना पत्रकारले इटहरीको विकास गतिविधिका वारेमा खोज अनुसन्धान गरि फिचर तयार गरेका थिए ।
लेखनवृति प्राप्त गरेका १० जना पत्रकार तथा अन्य १५ जना गरि २५ जना पत्रकारलाई दुईदिने फिचर लेखन तालिम समेत सम्पन्न गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका संचारमाध्यमले इटहरीको विकास निर्माण र सम्वृद्धिमा पुरयाएको सहयोगका लागि धन्यवाद ज्ञापन समेत गरे ।
उपप्रमुख लक्ष्मी गौतमले इटहरीका सवै सञ्चारमाध्यमको हितमा उपमहानगर लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे ।
तस्विर : लिलाराज भट्टराई