रामधुनी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ ।
सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको सहकारीले आफ्ना सेयर सदस्यलाई सहकारीका बारेमा जानकारी गराउने उदेश्य अनुसार शिक्षा प्रदान गरेको सहकारीका बजार प्रर्वधन विभाग प्रमुख रमेश खतिवडाले जानकारी दिए ।
जसअनुसार सहकारीले आज(बुधवार) सुनसरीका रामधुनी ६ बक्लौरीका सदस्यहरुलाई प्रशिक्षण गराएको छ । सहकारीको बार्षीक कार्यतालिका अनुसार प्रशिक्षण कार्यक्रम विभिन्न शेवाकेन्द्रमार्फत भइरहेको खतिवडाले जानकारी दिए ।
सदस्यहरुलाई सहकारी सस्थाका संचालक समितिका सचिव तिलबहादुर खड्काले सहकारी सस्था र सदस्यताको बारेमा जानकारी गराएका छन् भने, बजार प्रर्वधन विभाग प्रमुख रमेश खतिवडाले वितिय शाक्षरताका बारेमा प्रस्ट पारेका छन् ।
२०५३ सालमा इटहरी बालग्राममा स्थापना भएको सहकारीले सुनसरीका विभिन्न ८ शेवाकेन्द्रमार्फत सदस्यलाइ शेवा दिइरहेको छ ।

















