No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विमानस्थल पीडितहरूकाे मागको उचित सम्बोधन हुन्छ : मन्त्री भानुभक्त ढकाल

फलैचा न्यूज by फलैचा न्यूज
माघ २१, २०७७
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुनेहरुको संघर्ष समिति गठन

falaicha file

Share on FacebookShare on Twitter

विराटनगर। विराटनगर विमानस्थल बिस्तार गर्दा विस्थापित हुने पीडितहरुको ज्ञापनपत्र बुझ्दै संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले उचित क्षतिपूर्तिका लागि आफुले जिल्ला स्तरमा रहने क्षतिपूर्ति तथा मुआब्जा मूल्यांक तथा वितरण समितिलाई मागहरुको उचित सम्बोधनका लागि आवश्यक निर्देशन दिने बताएका छन ।

विराटनगर विमानस्थलमा पीडितहरुको संघर्ष समितिका संयोजक वेदराज पौडेल लगायतको टोलीले मन्त्री ढकाललाई भेटी ८ बुँदे ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझेपछि मन्त्री ढकालले जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बन्ने मुआब्जा निर्धारण तथा वितरण समितिलाई पीडितहरुको मागको उचित सम्बोधनका लागि आफुले निर्देशन दिने बताए । उनले भने‘तपाईहरुको मागको सम्बोधन यहिबाट हुन्छ, माथिबाट मैले केही मिलाउनु पर्ने भए म मिलाउछु ।’No description available.मन्त्री ढकाललाई बुझाएको ज्ञापन पत्रमा संघर्ष समितिले विमानस्थलको विस्तारबाट विस्थापित हुनेहरुले बसेकै स्थान जतिकै शहरी क्षेत्र र सुविधा सम्पन्न स्थानमा घर घडेरी किन्न सक्ने गरि मुआब्जाको व्यवस्था गरिनु पर्ने माग गरेकाछन ।

उनीहरुले विरानगर विमानस्थल विस्तार गर्दा अधिग्रहण हुने घडेरीका लागि अधिकतम बीस लाख रुपैयाँ प्रतिधुर रे पक्की घरको प्रति स्क्वायर फुट चार हजार पाँचसय रुपैया मुआब्जा दिन माग गरेका छन ।

त्यसैगरि विमानस्थल विस्तारको क्रममा पर्ने आधा घर र आधा जमिनका हकमा पूरै जमिन र पुरै घरको मुआब्जा दिनु पर्ने माग गरिएको छ । यस अघि पूर्वतर्फको विमानस्थल विस्तारका क्रममा कतिपय घर आधाभन्दा बढी भाग परेकाले बस्नै नमिल्ने भएको समेत समितिले उल्लेख गरेको छ । बाटो समेत अधिग्रहणमा परि घरमात्रै बाकी रहेकाको हकमा समेत आउजाउ गर्न बाटोको ब्यवस्था र उनीहरु हट्न चाहेमा मुआब्जा र क्षतिपूर्ति दिनु पर्ने माग मन्त्री समक्ष राखेका छन ।

मुआब्जा दिदा सरकारले कट्टा गर्ने लाभकर नलिन र घरहरुको हकमा डिप्रिसेशन समेत नकाट्न आग्रह गर्दै विमानस्थलले अधिग्रहणमा पर्ने निर्माण सम्पन्न भइसकेको घरहरु तर नक्सापास हुन बाकी घरहरुको हकमा निर्माण सम्पन्न लिनका र घर नक्सा पास गराउनका लागि समय दिनु पर्ने माग गरिएको छ ।

विमानस्थलबाट विस्थापितहरुले विस्थापित भएपछि कतै गएर एकमुष्ठ रुपमा जमिन किनी त्यसलाई टुक्र्याएर एकै ठाउँ बस्न चाहेमा त्यसको कित्ताकाट हुने ब्यवस्था मिलाउन र छुट्टछुटै बस्न चाहेमा समेत जमिन कित्ताकाटको व्यबस्था मिलाउन माग गरिएको छ ।

कतिपय विस्थापित हुनेहरुका घर जग्गा बैंकमा धितो रहेका कारण सरकाले मागेको बेला जग्गाधनी पूर्जा दिन सक्ने अवस्था नरहेको कारण पछि मुआब्जाको रकमबाट कट्टा हुने गरि घरजग्गा धितो फुक्का हुने ब्यवस्था गरिदिन समेत माग गरेका छन ।
मंगलबार नै संघर्ष समितिका संयाजक पौडेल सहित रेवतबहादुर खड्का सन्तोष, उद्धव कार्की, सीता कार्की,मोहमद सलिम, अम्बिका उप्रेती,मोहमद मुन्ना, केशे मगराती, मनिता शर्मा सहितको टोलीले मुआब्जा निर्धारण तथा वितरण समितिका संयोजक तथा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई भेटी पीडितहरुको तर्फबाट आठ सुत्रीय माग पेश गरेको थियो । प्रमुख जिल्ला अधिकारी निरौलाले माग पत्र बुझ्दै पीडितहरुको तर्फबाट पेश भएको माग प्रति आफु सकारात्मक रहेको र मागहरुलाई समितिमा राखेर छलफल गरि सम्बोधन गरिने बताए ।

No description available.

त्यसैगरि मंगलबार नै समितिले विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीलाई पनि माग पत्र पेश गरेको थियो । माग पत्र बुझेपछि पिडितहरुलाई सम्बोधन गर्दै मेयर पराजुलीले बिमानस्थल बिस्तार हुदा विस्थापित हुने पीडितहरुलाई खुसी बनाउने गरि मागहरुको सम्बोधन गर्न आफुलागि पर्ने बताए । उनले भने‘म तपाईहरुकै भोटले जितेर यहा आएको हँु तपाईहरुको मागलाई पुरा गराउन कुनै कसर बाँकी राख्दिन ।’ आफ्ना नगरबासीहरुले बढीभन्दा बढी मुआब्जा पाउनु पर्छ भन्ने पक्षमा आफुरहेको पनि उनले प्रष्ट्याए ।No description available.त्यसैगरि नागरिक उडड्यन प्राधिकरण विराटनगर विमानस्थल प्रमुख उत्सवराज खरेलले पीडितहरुको माग बुझ्दै नियमले भ्याएसम्म मागहरुलाई सम्बोधन गर्न आफुले पहल गर्ने उल्लेख गरे । कानूनी र ब्याबहारिक दुबै पाटोहरुलाई हेरेर मुआब्जा वितरण गर्ने र सक्दो आफुहरुले विस्थापित हुनेहरुको मागलाई सम्बोधन गर्ने खरेलले बताए ।No description available. त्यसैगरि विराटनगर महानगर पालिका वडा नम्बर ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले यस अघि विमानस्थलले अधिग्रहण गरेको जमिनबाट विस्थापितहरुलाई चित्तबुझ्ने गरि मुआब्जा र क्षतिपूर्तिको सिफारिस गरेकाले पछिल्लो समयमा पनि आफुले सबैको चित्तबुझ्ने गरि ब्याबहारिक ढंगले मुआब्जाका लागि सिफारिस गर्ने उल्लेख गरे ।

No description available.

ShareTweetPin
Previous Post

बक्लौरीका सदस्यलाई शिक्षा दिदै किसान कल्याण सहकारी

Next Post

२५० केजी गाँजा सहित २ जना पक्राउ

Next Post
२५० केजी गाँजा सहित २ जना पक्राउ

२५० केजी गाँजा सहित २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.