सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

इटहरी । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाला सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तेजाबी सुनको मूल्य तालाको ९१ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मुल्य भोली विहान ११ बजेसम्म कायम रहने छ । त्यसपछि मुल्यमा थपघट हुनसक्ने महासंघले बताएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.