दुई दिन ओरालो लागेको सुनको मूल्य मंगलबार उकालो लाग्यो

रामधुनी । पछिल्लो दुई दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य मंगलबार भने बृद्धि भएको छ ।

मंगलबार सुन तोलामा ६ सय रुपैयाँले बृद्धि हुँदा चाँदीको मुल्य पनि २० रुपैयाँले बृद्धि भएको छ । आइतबार २३ सय र सोमबार ८ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय रुपैयाँ निर्धारण हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य १ हजार २ सय ५० रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९२ हजार २ सय, तेजाबी सुन ९१ हजार ७ सय र चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.