चतरा । सुनसरीको वराहक्षेत्र धाममा माघ १ गते लाग्ने मकर सङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।
कोरोनाका कारण सुनसान वराहक्षेत्रमा माघे सङ्क्रान्ति मेलामा भक्तजनहरूलाई भित्र्याउन यतिवेला स्थानीय व्यापारीहरु लागी परेका छन् ।
गत चैत्रदेखि सुस्ताएको भक्तजनको आगमनलाई माघ १ गते बढाउने उद्देश्यका साथ मेलाकालागी आवश्यक व्यवस्था मिलाउन आफुहरु लागिपरेको उनिहरुले बताएका छन् । भक्तजनहरू, तीर्थयात्रीलाई स्वागत गर्न वराहक्षेत्रधाम तयार र आतुर रहेको समेत व्यपारीहरु बताउँछन् ।
पौष मसान्तको रातदेखि माघ १ गते सम्म लाग्ने मेलाका लागी सरसफाइ र रङरोगनको काम भने सम्पन्न भएको छ , व्यापारीका लागि स्टल र स्नान घाट व्यवस्थापन पनि लगभग सम्पन्न भएको छ
माघ १ गते कमर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । वराह पुराणका अनुसार माघ १ गतेबाट उत्तारक सुर हुन्छ र देवताहरू जागृत हुन थाल्छन्। माघ १ गतेबाट नै सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।
यस दिन ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा अरुबेलाका भन्दा हजार गुणा बढी पुण्य मिल्ने पण्डित योगेश भण्डारीले बताए ।
यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति र धन्य भइने मान्यता रहेको छ । शरीरमा भएका लुतो, खटिरा हराएर जानेछ भन्ने विश्वास रहेको छ । भने शुद्ध मनले स्नान गरेर वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हुने जनविश्वास रहेको छ ।
बर्सेनि ५०–५५ हजार भक्तजन आउने माघे मेलामा यस पटक कोभिडका कारण अलिक कम आउने अनुमान संरक्षण मञ्चले गरेको छ ।