‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताएका छन् ।

सोमबार भारतीय मिडियामा प्रसारित अन्तर्वार्तामा उनले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताएका हुन् ।

‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ ओलीले पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा भनेका छन् । आफू प्रधानमन्त्री नै भएको उनको दाबी छ ।

पाल्की शर्माले चाहिँ आफूले पहिले ओलीसँगको अन्तर्वार्ताका लागि ३० मिनेट मात्र समय पाएको तर पछि कुरा गर्दा गर्दै १ सय मिनेट भएको बताएकी छिन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.