आगलागीमा परेर भुटानी शरणार्थी शिविरमा एकजनाको मृत्यु

झापा । आगलागीमा परेर झापामा एक जनाको ज्यान गएको छ । सोमबार बेलुका साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ मा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षका देशमान राईको जलेर ज्यान गएको हो ।

बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका प्यारालाइसिसका बिरामी राईको जलेर घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। आगलागीका कारण तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ ।

आगो स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा झण्डै एक घण्टापछि निभाइएको थियो । आगलागीको कारण खुलेको छैन ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.