रामधुनी । इटहरीका अग्रज संगीतकर्मी तथा पुर्व प्रज्ञा सदस्य राम धामीको निधन भएको छ । निमोनियाले गम्भीर बिरामी भएका धामी को उपचारको क्रममा धरानस्थित वीपी प्रतिष्ठानमा निधन भएको हो ।
दुई हप्ताअघि उनलाई कोरोना पोजेटिभ भएर धरान स्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबारको पिसिआर रिपोर्टअनुसार कोरोना नेगेटिभ देखिए पनि निमोनियाले ग्रस्त बनाएपछि आइसियुमा राखेर उनको उपचार सुरु गरिएको थियो ।
धामी इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष थिए । साथै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्यसमेत थिए । उनी विगत लामो समयदेखि इटहरीमा संगीत प्रशिक्षणमा सक्रिय थिए ।