इटहरी । आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।
काठमाण्डौ, गोरखा, नुवाकोट, इटहरीलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । इटहरीमा हुने कार्यक्रममा सक्रिय सहभागि हुन पृथ्वी जयन्ती तथा तथा राष्ट्रिय एकिकरण मुल समाहरोह समिति २०७७ इटहरीका संयोजक कृष्ण बहादुर न्यौपानेले जानकारी दिए ।
उनले योदिवसलाई राजनितिकरण नगर्न पनि अनुरोध गरेका छन् । राष्ट्रिय एकता दिवसमा सरकारको उपस्थिति उल्लेखिय नदेखिएको नागरिक अगुवाहरुको भनाइ छ ।
वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह १७९९ मा गोरखाका राजा बन्नुभएको थियो ।
पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको मानिन्छ । आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानका कारण स्मरण गर्ने गरिन्छ ।