प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि

रामधुनी । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले आगामी माघ ७ गते हिउँदे अधिवेशन तथा प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसै गरी भौतिक पुर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागु गर्ने निर्णय गरेको सरकारका आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.