रामधुनी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाको प्रचण्ड–माधव पक्षले प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई अगाडी बढाइएको छ ।
प्रदेश सभाको संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको प्रदेश सांसद लक्ष्मण तिवारीले जानकारी दिएका छन् ।
त्यसका लागि निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बो प्रस्तावक, लक्ष्मण तिवारी समर्थक रहेका छन् । अविश्वासको प्रस्तावमा ३७ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड–माधव समुहका नेकपा कार्यकर्ता प्रदेश, जिल्लादेखि गाँउसम्मै आ–आफ्ना रणनीति बनाइरहेका छन् ।
दुबै पक्षले आ–आफ्ना रणनीति बनाइरहँदा प्रदेश १ सरकार अविस्वासको प्रस्तावको अबस्था सम्म पुगेको छ । प्रदेश १ सरकारमा मुख्यमन्त्री शेरधन राई प्रधानमन्त्री केपी शर्मा ओली समुहका हुन् ।
यसअघि वाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्ध पनि अविस्वासको प्रस्ताव दर्ता भएको छ ।