रामधुनी । नेकपा दुई भागमा विभाजन भएपछि प्रदेश सरकारमा पनि उथलपुथल मच्चिन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड–माधव समुहका नेकपा कार्यकर्ता प्रदेश, जिल्लादेखि गाँउसम्मै आ–आफ्ना रणनीति बनाइरहेका छन् ।
दुबै पक्षले आ–आफ्ना रणनीति बनाइरहँदा प्रदेश १ सरकार अविस्वासको प्रस्तावको अबस्था सम्म पुगेको छ । प्रदेश १ सरकारमा मुख्यमन्त्री शेरधन राई प्रधानमन्त्री केपी शर्मा ओली समुहका हुन् । उनीविरुद्ध प्रदेश सभामा अविस्वासको प्रस्तावको तयारी प्रचण्ड–माधब समुहले गरेका छन् ।
यसैविच आइतबार विहानै प्रदेश सरकारका तीन मन्त्री र राज्यमन्त्रीले राजीनामा बुझाएका छन् भने, मुख्यमन्त्रीले शनिबारै प्रदेश सरकारका अर्थमन्त्री आफू विरुद्ध लागेको भन्दै पदमुक्त गराएका छन् ।
राजीनामा बुझाउनेमा सामाजिक विकाश मन्त्री जीवन घिमिरे, सामाजिक विकाश राज्यमन्त्री जसमायाँ गजमेर, उद्योग पर्यटन बन तथा बातवरण राज्यमन्त्री विजयकुमार विस्वासले राजीनमा बुझाएका हुन् । मुख्यमन्त्रीले आर्थीक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोको पद मुक्त गराएका छन् ।
अविस्वासको प्रस्ताव ल्याइदै
श्रोतका अनुसार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आज९आइतबार० पेस हुने भएको छ । प्रदेश १ मा बहुमतको सरकार बन्न ४७ सांसद आवश्यक पर्छ । प्रदेश १ मा पूर्व एमालेका ५१ सांसद छन् ।
५१ मध्ये नेपाल समूहका ३१ जना छन् । पूर्व माओवादीका १६ सांसद रहेका छन् । नेपाल समूहका सांसद एक ठाउँमा रहे सहजै सरकार गठन हुने देखिन्छ ।


















