रामधुनी । नेपाली फिल्मका कलाकारले म्यानेजर वा सहयोगी राख्ने गरेका छैनन् । कलाकारहरु हरेक काम आफै गर्छन् । फिल्मको संझौता, म्यूजिक भिडियोको कुरा, विज्ञापनको कुरादेखि फोन उठाउने काम समेत उनीहरु आफै गर्छन् । यसैले नेपाली फिल्मका कलाकारलाई सहजै भेट्न सकिन्छ पनि भनिन्छ ।
कलाकारले म्यानेजर वा सहयोगी नराख्दा उनीहरुको दैनिक जीवनमा नै असर पर्ने गरेको छ । अब, अभिनेत्री आँचल शर्माले भने सहयोगी राखेकी छिन् ।
आँचलले अमिता पाठक नाम गरेकी यूवतीलाई सहयोगीको रुपमा २ महिना अघि नियुक्त गरेकी हुन् । आँचलले आफ्नो बिर्सने बानी रहेकाले पनि काममा सहयोग होस् भनेर सहयोगी राखेको बताएकी छिन् ।
आँचलले फिल्मको संझौतादेखि म्यूजिक भिडियोको कुरा आफै गर्ने बताइन् । तर, फोन उठाउनेदेखि आफूलाई छायांकनको समयमा सहयोग होस् भनेर सहयोगी राखेको उनको तर्क छ ।