आफ्नै छोरी बलात्कारको कसुरमा बाबुलाई जन्मकैद

उदयपुर । जिल्ला अदालत उदयपुरले छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ।

छोरी बलात्कार गरेको कसुरमा उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बाबुलाई जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले जन्मकैद सजाय र ५५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

२०७६ साल माघ १९ गते राति पीडक बाबुले आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते कारबाहीका लागि प्रहरीमा निवेदन दर्ता गरेका थिए ।

प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा चलाएपछि फागुन २२ गतेदेखि अदालतको आदेशअनुसार पुर्पक्षका लागि निजलाई थुनामा राख्दै आएको थियो।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.