काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रुपैयाँले मूल्य बृद्धि भएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए ।
मूल्य बढेसँगै पेट्रोलको बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ । आइओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।