झापाकी सङ्क्रमित महिलाको विराटनगरमा मृत्यु

विराटनगर । कोरोना भाइरस सङ्क्रमित झापाकी एक महिलाको शनिबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुेनमा झापा गौरादह–५ की ५५ वर्षीया महिला रहेकी छिन् ।  मंसिर २१ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उनलाई श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतको समस्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.