प्लास्टिकको पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ ।

स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनिहरुको मृत्यु भएको छथर गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुले जानकारी दिए।

मृत्यु हुनेहरुमा वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहाना रहेका छन्। शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएकोअध्यक्ष लिम्बुले जानबारी दिए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.