No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राजसंस्थाको समर्थनमा गुञ्जियो नेपालगञ्ज

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १४, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
राजसंस्थाको समर्थनमा गुञ्जियो नेपालगञ्ज
Share on FacebookShare on Twitter

नेपालगञ्ज । पछिल्लो समय देशका विभिन्न भागमा राजसंस्था र हिन्दू राज्यको पक्षमा ¥याली तथा प्रदर्शन भइरहेका छन् ।

यसैक्रममा शनिबार नेपालगञ्जमा बृहत मोटरसाइकल ¥याली तथा प्रदर्शनी भएको छ । प्रदर्शनकारीहरूले ‘राजसंस्था जिन्दावाद’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘हिन्दू राष्ट्र कायम गर’, ‘राजा ल्याऊँ, देश बचाऊँ’ जस्ता नारा लगाउँदै ठूलो संख्यामा नेपालगञ्ज बजार परिक्रमा गरेका थिए ।

नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट निस्केको ¥याली शहीद सेतु विकचोक, पुष्पलालचोक, वीरेन्द्रचोक, बिपीचोक, गणेशमानचोक, त्रिभुवनचोक हुँदै बागेश्वरी मन्दिर भएर ¥याली वीरेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं राप्रपाका नेता डा. धवलशमशेर राणाले हिन्दू राष्ट्र र राजसंस्था फिर्ता ल्याउनका लागि बलिदानी दिन तयार रहनुपर्ने बताउनुभयो । ‘गुमेको शक्ति फिर्ता ल्याउन यतिले मात्रै हुँदैन, सबै जना बलिदानी दिन तयार रहनुपर्छ । देशमा बढ्दै गएको जनलहरलाई शक्तिमा बदल्नुपर्छ’, राणाले भन्नुभयो । डा. राणाले धर्म, संस्कृति र परम्परालाई जोगाउन सबै जना पार्टीभन्दा माथि उठ्नुपर्ने बताउनुभयो ।

सभामा बोल्दै सहभागीहरूले देशमा भ्रष्टाचार मौलाइरहेको, बेथिति बढिरहेको, राष्ट्रियतामा आँच आइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरू दिन–प्रतिदिन बढ्दै गइरहेकाले यसको न्यूनीकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको बताएका थिए ।

देशका प्रमुख राजनीतिक पार्टीभित्र आन्तरिक विवाद र सत्ताको खिचातानी चलिरहेको बेला देशका विभिन्न ठाउँमा यतिबेला ‘राजा आऊ, देश बचाऊ’ भन्दै दिनहुँ प्रदर्शन हुन थालेका छन् । गत बुधबार पोखरा र जनकपुरमा बृहत प्रदर्शन भएका थिए । यस्तै, सुदूरपश्चिम प्रदेशको धनगढी, विराटनगर र बुटवलमा पनि बृहत् ¥यालीसहित ‘राजा आऊ देश बचाऊ’को नारा लागेको थियो ।

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसविरुद्ध प्रदर्शन गरिएको विभिन्न ठाउँमा भएका प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरूले बताएका छन् ।

राजनीतिक दलहरूले जनचाहनाअनुरूप काम नगर्दा देशका विभिन्न ठाउँमा यस्ता प्रदर्शन हुन थालेका हुन् । राजतन्त्र तथा हिन्दू राष्ट्रको माग गर्दै हजारौं युवा सडकमा उत्रिन थालेका छन् । गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसविरुद्ध प्रदर्शन गरिएको उनीहरूले बताउँदै आएका छन् । आजको हिमालय टाइम्समा खबर छ ।

Tags: ‘राजा ल्याऊँदेश बचाऊँ’राजसंस्थाको समर्थनहिन्दू राज्यको पक्षमा ¥याली
ShareTweetPin
Previous Post

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरुले सेवा ठप्प पार्ने

Next Post

संसद्लाई जीवन्त र जनमुखी बनाउने सभामुख–उपसभामुख भेलाको निष्कर्ष

Next Post
संसद्लाई जीवन्त र जनमुखी बनाउने सभामुख–उपसभामुख भेलाको निष्कर्ष

संसद्लाई जीवन्त र जनमुखी बनाउने सभामुख–उपसभामुख भेलाको निष्कर्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.