बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरुले सेवा ठप्प पार्ने भएका छन् ।
पुनः आन्दोलनको घोषणा गर्दै उनीहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
जीवन निर्वाह भत्ता हुनुपर्ने, जीवन निर्वाह भत्तामा ३ प्रतिशत मंहङ्गी भत्ताको व्यवस्था भए बमोजिम कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । यस्तै, खाजाको लागि थप एक हजार रुपैया पाउनुपर्ने, माक्स, सेनिटाइजर, फेस सिल्ड लगायत सामग्रीहरुको लागि न्यूनतम थप एक हजार रुपैया व्यवस्था गर्नुपर्ने लगायत १० बुँदे माग उनीहरुले अघि सारेका छन् ।