बलात्कारको आरोपतिग सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

रामधुनी । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

सुनसरीको चतराधामका गिरीलाई जबरजस्ती करणी मुद्दामा थुनामा राख्न उच्चले दिएको आदेश सर्वोच्चले पनि सदर गरेको हो । सर्वोच्चले आदेश सदर गरेसँगै मुद्दाको किनारा नलागेसम्म उनी कारागारमै थुनामा रहनुपर्ने छ ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गिरी उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका थिए । सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्चकै आदेश सदर गरिदिएको हो ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा २०७६ कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीमाथि सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । सुरुमा जिल्ला अदालत सुनसरीले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

तर पीडितले न्याय नपाएको भन्दै मुद्दा उच्च अदालत विराटनगरमा पुग्यो । उच्चले भने सुनसरी अदालतको आदेश बदर गरेर थुनामा राख्न आदेश दिएको थियो । त्यसमाथि सर्बोच्चले पनि थुनामै राख्ने आदेश सदर गरेपछि उनी कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.