No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अन्ततः ट्रम्प प्रसासनले स्वीकार गर्यो बाइडेनका जित

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ९, २०७७
in अन्तर्राष्ट्रिय, समाचार, हेडलाइन
0
जो बाइडेनको प्राथमिक्ताः कोरोना नियन्त्रण

joe facebook

Share on FacebookShare on Twitter

एजेन्सी । चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन् ।

नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् । तर कुनै पनि प्रमाण बिना ट्रम्पले धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि र सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि अन्तरिमक कालको काम थालेका थिए ।

बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् । त्यसअघि उनको अन्तरिमक प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।

तर ट्रम्पले अन्तरिम प्रशासनको कामलाई औपचारिकता प्रदान गर्नका लागि गर्नु पर्ने सबै प्रक्रिया पूरा गर्न महत्वपूर्ण संघीय निकायलाई निर्देशन दिएको ट्वीट गरेर उल्लेख गरेका हुन् ।

अन्तरिम प्रशासनलाई सत्ता औपचारिक रुपमा नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी पाएको जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जिएसए) ले बाइडेनलाई नोभेम्बर ३ मा भएको चुनावको स्पष्ट विजेताका रुपमा स्वीकार गर्ने बताएको छ ।

यसअघि मिसिगन राज्यले सोमबारै बाइडेनको जितलाई औपचारिक रुपमा प्रमाणिकरण गरेको थियो । सो प्रमाणिकरण चुनावको नतिजा उल्ट्याउने प्रयासमा रहेका ट्रम्पका लागि ठूलो धक्का थियो ।

मिसिगनका दुई डेमोक्र्याट तथा दुई रिपब्लिकनसहितको चार सदस्यीय इलेक्टोरल कलेज मतलाई आधिकारिकता प्रदान गर्ने कमिटिको सोमबारको बैठकले एक लाख ५० हजार भन्दा बढि मतले अघि रहेका बाइडेनको पक्षमा नतिजालाई औपचारिकता प्रदान गरेको छ ।

एक रिपब्लिकन पदाधिकारी अनुपस्थित रहे पछि तीनजनाले मत परिणामलाई औपचारिकता प्रदान गरेको हो । ट्रम्प मिसिगनको नतिजा आफ्नो पक्षमा उल्ट्याने प्रयासमा थिए ।

जिएसएकी प्रमुख एमली मर्फीले राष्ट्रपतिमा निर्वाचित बाइडेनको अन्तरिम प्रशासनका लागि ६३ लाख डलर रकम निकाशा गरेको बताएकी छन् ।

ट्रम्पले चुनावमा भएको ‘धाँधली’ (अहिलेसम्म कुनै पनि ठोस प्रमाण भेटिएको छैन र निर्वाचन तथा सुरक्षा अधिकारीहरुले नोभेम्बर ३ को चुनाव इतिहासकै सबैभन्दा सुरक्षित र पारदर्शी रहेको बताएका छन्) विरुद्धको लडाईमा विश्वास राख्न अपिल गर्दै ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियाका लागि गर्नु पर्ने सबै काम गर्न जिएसए तथा आफ्नो टिमलाई निर्देशन दिएको बताएका छन् ।

जिएसएकी प्रमुख मर्फीले अन्तरिम प्रशासनलाई पहुँच दिइने सम्बन्धी पत्र बाइडेन प्रशासनलाई पठाएकी छन् । बाइडेन टिमले त्यसको स्वागत गरेको छ ।

ShareTweetPin
Previous Post

समृद्धि नचाहने तत्व सरकार ढाल्ने खेलमा लागे : प्रधानमन्त्री ओली

Next Post

परपुरुषसंग लागेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

Next Post
परपुरुषसंग लागेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

परपुरुषसंग लागेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.