समृद्धि नचाहने तत्व सरकार ढाल्ने खेलमा लागे : प्रधानमन्त्री ओली

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएका छन् ।

सोमबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन गर्दै उनले समृद्धि नचाहने तत्व सरकारविरुद्ध खनिएको बताए ।

सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको उनले बताए । मन्त्री ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने भ्रमपूर्ण प्रचार भएको भन्दै सरकार परिवर्तनको हल्ला निराधार भएको स्पष्ट पारेका थिए ।

पछिल्लो समय लोकतान्त्रिक प्रणालीविरुद्ध नै प्रहार भइरहेकाले सबै सचेत हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
उनले भारतद्वारा मिचिएको नेपालको भूमि फिर्ता लिने, छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुमधुर बनाउँदै लैजाने समेत बताए ।

घुन्साजस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगम हुनेगरी विकासका योजनाहरु सञ्चालन गर्ने उनले आश्वासन दिएका छन् । स्थानीयले भने कञ्चनजंघाको प्रवेशद्वारका रुपमा रहेको घुन्सालाई नमुना गाउँको रुपमा विकास गर्न माग गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई पाँच लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरेकी थिईन् ।

मन्त्रीसँगै प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत घुन्सा पुगेका थिए ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.