No Result
View All Result
Friday, January 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गल्ती गर्ने कर्मचारीलाई छाड्दिन : अर्थमन्त्री पौडेल

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ८, २०७७
in अर्थ, समाचार, हेडलाइन
0
गल्ती गर्ने कर्मचारीलाई छाड्दिन : अर्थमन्त्री पौडेल
Share on FacebookShare on Twitter

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

सोमबार अर्थ मन्त्रालयका सचिवहरू, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू लगायतको सहभागितामा भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चुनौतीहरूको सामना गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताए ।

पैडेलले नियतवश त्रुटि, कमजोरी गर्ने र असल मनसायबाट विचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछाड्ने बताए ।

 

अर्थमन्त्री पौडेलले डर, त्रास सिर्जना गरेर कर्मचारीहरूलाई काममा नलगाउने स्पष्ट पार्दै योग्यता र क्षमताको कदरसहित काम गर्ने अनुकूल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताए ।

‘कठिनाइ र समस्याहरूलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छाैँ, पूरा नभए तपाईँहरू दण्डित हुनुपर्छ’, उनले भने ।

उनले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालु आर्थिक वर्ष सकिँदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गरे । उनले इमानदार र सक्रिय भएर लाग्न समेत निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारीहरू जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गरेका छन् । ‘आफ्नो तहमा समाधान गर्न सक्नुभएन भने नेतृत्वलाई भन्नुहोस्, हामी सहयोग गर्न तयार छौँ ।’

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताए । उनले राजस्वको लक्ष्य पूरा गर्न र त्योभन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकताअनुसार कार्यक्रम संशोधन र रणनीतिहरू बनाएर अघि बढ्न निर्देशन दिए ।

त्यस्तै राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गरेका छन् । उनले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्ने बताए ।

अर्थमन्त्रालयबाट भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा एक सयभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।

Tags: अर्थमन्त्रीअर्थमन्त्री पौडेलअर्थमन्त्री विष्णुप्रसाद पौडेलआन्तरिक राजस्व विभागभन्सार विभाग
ShareTweetPin
Previous Post

महासंघको निर्वाचनमा रोक्न आज सर्वोच्च जाँदै शिव शंकर शाह, रोकिएला त महासंघको निर्वाचन ?

Next Post

समृद्धि नचाहने तत्व सरकार ढाल्ने खेलमा लागे : प्रधानमन्त्री ओली

Next Post
समृद्धि नचाहने तत्व सरकार ढाल्ने खेलमा लागे :  प्रधानमन्त्री ओली

समृद्धि नचाहने तत्व सरकार ढाल्ने खेलमा लागे : प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.