रामधुनी । नेपालको एक दिवसीय क्रिकेटको मान्यता एक वर्षका लागि थप हुने भएको छ ।
कोभिड–१९ को महामारीले सम्पूर्ण खेल जगत् नै ठप्प हुँदा वार्षिक क्यालेण्डर प्रभावित बनेपछि यस्तो निर्णय भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभाको क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन् २०२२ सम्मलाई रहेको एक दिवसीय मान्यता सन् २०२३ सम्म बढाइएको जानकारी दिए ।