दुर्घटनामा परेका दुई मोटरसाइकललाई पछाडिबाट ट्रकले किचेपछि……..!

झापा । झापाको बिर्तामोड ६ गिरी मन्दिर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कडेल रहेका छन ।

बुधबार विहान साढे ११ बजे मे २ प ४८४७ नम्बरको मोटरसाईकल र अर्को अन टेस्ट मोटरसाईकल एक आपसमा ठक्कर खाई अनियन्त्रित हुँदा दुबै मोटरसाईकललाई ना ६ ख ३३५० नम्बरको ट्रकले पछाडिबाछ ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट दुर्घटनामा परेको मे २ प ४८४७ नम्बरको मोटरसाईकल चालक कुशल लिम्बु र पछाडी सवार दिप्सन कडेलको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अन टेस्ट मोटरसाईकलका चालक गगन तामाङ र पछाडी सवार रहेकी साबित्रा कडेल घाईते भएकोमा उनिहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

साथै ठक्कर दिने ट्रक र चालक राजु श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेका उक्त कार्यालयले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.