रामधुनी । श्रद्धा र निष्ठा पूर्वक मनाइने छठ पर्व विधिवत् रूपमा सुरु भएको छ । यस पर्व मनाउनेहरूले मंगलबारबाट माछा, मरुवा (माछा र कोदो) को परिकार नखाइ चोखो वसेका छन ।
बुधबार(आज) नहाय खाय विधि गरिन्छ । विहीवार निराहर व्रत बसी साँझमा खरना मनाइन्छ । त्यस्तै शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ र शनिबार बिहान उदाँउदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
छठपर्वको मुख्य पूजा हुने दिन(सन्ध्या अर्घ्य)का दिन जलाशयलाई दुलही झैँ सिङ्गारिने चलन छ । यसपटक कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षाका सवै मापदण्ड पालना गरि भीड भाड समेत नगरि छठपर्व मनाउनुपर्ने अवस्था छ ।
पहिले विशेषगरी तराई क्षेत्रमा मनाइने यो पर्व अहिले हिमाल, पहाडमा पनि मनाइन्छ । व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन । भोलिपल्ट बिहान पनि त्यसरी नै जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य चढाइन्छ ।