लोकमा दशैं सम्पन्न, तीहार सुरु

रामधुनी । आज कोजाग्रत पूणिर्मा दुर्गा भवानीको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिंदै छ । दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष जलघाटमा विसर्जन गरिन्छ । आजैदेखि मुलुकभर धनधान्य एवं सम्पन्नताकी देवीमहालक्ष्मीको पूजाआराधना गरिन्छ ।

महालक्ष्मीको पूजा गरी आज रातभर जाग्राम बस्ने भएकाले यस पूणिर्मालाई कोजाग्रत पूणिर्मा भनिएको हो । आजको दिन राति जाग्राम बसेको मानिसको घरमा पृथ्वी भ्रमण गदैं हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैं र नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूणिर्माका दिन समाप्त हुन्छ ।

आजदेखि लोकमा दसैैं पर्व सम्पन्न भई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको पनि मानिन्छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.