तीन बर्षसम्म पुल निर्माण नहुँदा यात्रुहरुलाई सास्ती

रामधुनी।  हेटौंडाको कुखरेनी खोलामा निर्माणाधिन पुल म्याद सकिएको ३ बर्ष बित्दासमेत सम्पन्न नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

३ बर्ष अगावै पुल निमार्ण गरिसक्नु पर्ने भए पनि ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई हुँदै आएको छ ।
आमभञ्ज्याङ र मकवानपुरगढी जोड्ने सामरी खोलामा निर्माण हुदैं गरेको पुल नागार्जुन शंकरमाली जेभीको लापरबाहीले गर्दा ३ वर्ष बितिसक्दा पनि निर्माण हुन नसकेको हो ।

१ सय ३ मिटर लम्बाईको पुल २०७४ चैत्र १० गते सम्पन्न गरी सक्नु पर्ने भए पनि २५ प्रतिशत कामसमेत भएको छैन ।
पुल ५ करोड ३७ लाख ९२ हजार रुपैयाको लागतमा निर्माण हुन लागेको हो ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.