No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘कोरोनाले लखेट्यो दशैंको हर्ष, नागरिकले सचेत भएर मनाए यस बर्ष’

खेमराज सापकाेटा by खेमराज सापकाेटा
कार्तिक १४, २०७७
in धर्म संस्कृति, मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाइन
0
‘कोरोनाले लखेट्यो दशैंको हर्ष, नागरिकले सचेत भएर मनाए यस बर्ष’

file photo

Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । विगतका वर्षमा जस्तो बडा दशैँको रौनक यसबर्ष देखिएन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका छन ।

सुनसरीको इटहरी ९ का सुमनकुमार बस्नेतले यो बर्षको दशै घरपरिवारमा मात्र सिमीत गरेको बताए । ‘यो बर्ष कोरोना भाइरसका कारण माइत, मावल, ससुराल जाने जस्ता कार्य बन्द गरीएको छ । महामारीसंग बच्नु नै पहिलो कार्य हो ।’ उनले भने, आफूलेचै समाजमा कसैले पनि यो एता उता गयो भन्ने खालको कुरा ननिस्कने गरे र दशंै मनाएको बताए ।

हुन त किन्नेले नयाँ लुगा पनि किने । घर घर घरमा मिठा परिकार पाके । तर पनि नेपालीहरुलाई जसरी पहिलेका बर्षमा जस्तो पर्वको हर्षोल्लास भएन । मोरंगको सुन्दरहरैंचा निवासी मुरारी नेपाललाई पनि यो वर्ष हर्सोल्लास पटक्कै लागेन । ‘पहीले केटाकेटि यस्तो रमाउँथे, बाहीर हिड्थे, अहिले खै यस्तो कतै देखिएन । केटाकेटिहरु नरमाउँदा पनि हामीलाई त्यसै खल्लो हुँदो रहेछ ।’ उनले भने, बाहीरका खानेकुरा सकभर नखाएको र सभ्य भएर नै दशैं मनाएको उनी तर्क गर्छन् ।

पिङ नै भेटिएन
टीकाको दिन टिका लगाएपछि एक पटक जमिन छोड्नुपर्ने सास्त्रमा उल्लेख छ । तर यो बर्ष पिङ खेल्न प्रायः कसैले पाएनन् । सार्वजनिक स्थलमा पिङ हाल्दा भीड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट नेपालीहरु वञ्चित भए । गएको वर्षको दशैँमा सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर खेल्ने मानिसको भीड भेटिन्थ्यो ।

तर यस वर्ष भने पिङ भेट्न नसकिएको धेरैले बताएका छन । पिङमा रम्ने मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँ नयाँ टिक टक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् ।

सामाजिक संजालमा चल्यो हल्ला
केही मानिसले कात्तिक महिनामा परेको दशैँमा टीका लगाउनुहुन्न भनी सामाजिक सञ्जालमा हल्ला चलाए । तर त्यो हल्लामा कुनै शास्त्रीय सत्यता नरहेको नेपाल पञ्चाङग निर्णायक समितिको भनाइ छ । पछिल्लो समय मौलिक संस्कृतिमाथि आक्रमण गर्न चलाइने यस्ता हल्लाका पछि नलागी सांस्कृतिक पर्वको शास्त्रीय मान्यता बुझेर त्यस अनुसार अघि बढ्न धर्मशास्त्रविद्हरुले आग्रह गरेका छन ।

Tags: दशैं
ShareTweetPin
Previous Post

लोकमा दशैं सम्पन्न, तीहार सुरु

Next Post

प्रदेश १ मा कोरोना संक्रमित १८ हजार ३८४ पुगे

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

प्रदेश १ मा कोरोना संक्रमित १८ हजार ३८४ पुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.